इफ्कोले उत्पादन गरेको झोल युरिया मल ल्याउन सरकारको अनुमती
काठमाडौं : नेपाल सरकारले इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नानो युरिया झोल मल बिक्री वितरणका लागि अनुमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल मल बिक्री वितरणका लागि अनुमति दिएको हो।
यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइने कानुनी व्यवस्था थियो । अब झोल युरिया मल पनि ल्याउन पाइने भएको छ । दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ । नेपालमा पहिलो पटक रासायनिक मल पनि झोलका रूपमा पाउने भएको हो । भारतमा सहकारीले उत्पादन गर्ने उक्त मल सजिलै खरिद गरेर ल्याउन सकिन्छ ।
नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनी परीक्षण गर्दा सकारात्मक परिणाम आएपछि सरकारले बिक्री वितरणका लागि अनुमति दिएको हो ।
काउली तरकारीमा गरेको परीक्षणबाट नानो युरिया मल सस्तो पर्ने देखिएको छ । दाना युरिया मलको तुलनामा यो नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १ सय ५० रुपियाँ कम खर्च लाग्ने समेत अध्ययनले देखिएको छ ।
एक बोरा (५० केजी) दानादार युरिया मल बराबर पाँच सय एमएल नानो झोल मल हुने गरेको छ । पाँच सय एमएल झोल युरिया मलको ३८० रुपियाँ मात्र पर्छ जब की एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७ सय ५० रुपियाँ पर्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
