१९ भदौ २०८३, शुक्रबार

अब मैनापोखरी बजारमा जनसचेतनको डस्वीन

२०७८ फागुन २४, मङ्गलबार
अब मैनापोखरी बजारमा जनसचेतनको डस्वीन

मैनापोखरी (दोलखा) : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले मैनापोखरी बजारमा राख्नको लागि डस्वीन तथा स्ट्यान्ड हस्तान्तरण गरेको छ । ११२औं अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा संस्थाले गाउँपालिकाको कार्यालयलाई ३० वटा डस्वीन तथा स्ट्याड हस्तान्तरण गरेको हो ।

डस्वीन बितरण कार्यक्रम संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईको अध्यक्षता तथा वैतेश्वर गाउँपालीका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वैतेश्वर गाउँपालिका–४ र ५ का वडा अध्यक्षहरु कुमार चौलागाई, माधव बहादुर वस्नेत, उद्योग वाणिज्य संघ मैनापोखरि शाखाका अध्यक्ष गंगा बहादुर बुढाथोकी, इलाका प्रहरी कार्यालय मैनापोखरिका प्रमुख बिजुले भुजेल, जलदेवि माविका शिक्षक मोहनकृष्ण शर्मा, भविष्य निर्माण महिला साकोसकी सञ्चालक सदस्य सरिता बस्नेत लगायतको उपस्थितिमा रहेको थियो।

सहकारीका सात सिद्धान्त मध्ये सामाजिक दायित्व अन्तर्गत पर्यावरणीय जवाफदेहिता स्वरुप यस्तो सहयोग गरेको संस्थाका उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय