१९ भदौ २०८३, शुक्रबार

सहकारी संस्थाले सञ्चालन गरेको ‘कोप रिसोर्ट’ जहाँ नाफा हेरिन्न (भिडियो सहित)

२०७८ फागुन २४, मङ्गलबार
सहकारी संस्थाले सञ्चालन गरेको ‘कोप रिसोर्ट’ जहाँ नाफा हेरिन्न (भिडियो सहित)

ललितपुर : दक्षिण ललितपुरको गोटिखेलमा सहकारी संस्थाले सञ्चालन गरेको ‘कोप रिसोर्ट’ छ । २०७५ सालमा प्राकृतिक पर्यटन सहकारी संस्था स्थापना गरेर ‘कोप रिसोर्ट’ सञ्चालन गरेको हो ।

करिब ७ करोड रुपैयाँ लगानी भैसकेको यस रिसोर्टमा ५५ जना सदस्य रहेका छन् । ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँ प्रतिव्यक्ती लगानी सदस्यको रहेको संस्थाका अध्यक्ष रामशरण शर्मा घिमिरेले जानकारी दिनुभयो । सेयर रकमबाट मात्रै सञ्चालित रिसोर्ट सहकारी मोडमा सञ्चालित नमुना परियोजना रहेको उहाँको भनाई छ ।

‘सहकारी मोडलमा नाफा मात्रै हेरिन्न । नाफाको सम्भावना पनि छैन । विस्तारै विकास गर्दै लैजाने सोच छ’, अध्यक्ष घिमिरेले भन्नुभयो । सहकारी क्षेत्रमा लाग्ने ब्यक्तिलाई गाउँमा केही नगर्ने, गाउँको पुँजी शहरमा लैजाने आरोप चिर्नको लागि पनि रिसोर्ट सञ्चालन गरिएको उहाँको भनाई छ ।

साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा पाँच जनाले रोजगारी पाएका छन् । रिसोर्टमा १२ वटा डिलक्स रुप, ४ वटा स्ट्यान्डर्ड रुम र ३ वटा साधारण रुम रहेका छन् । तस्तै, करिब ६ सय जना क्षमताको हल समेत रहेको छ ।

अभिलेख

लोकप्रिय