१९ भदौ २०८३, शुक्रबार

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ, शंकाको घेरामा जीवनदृष्टी बहुउद्देश्यीय सहकारी

२०७८ फागुन २३, सोमबार
हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ, शंकाको घेरामा जीवनदृष्टी बहुउद्देश्यीय सहकारी

काठमाडौं : हुण्डी कारोबारमा संलग्न दुई जनालाई डेढ करोड रुपैयाँसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वर्ष ३२ का अमित कुमार अग्रवाल र वर्ष २४ का बिक्की खड्गी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजस्व छली गैरकानूनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले आईतबार पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा काठमाडौं–१३, ताहचल स्थित अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडी वर्ष २४ को बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा कालीमाटी स्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ल्याई अमित कुमार अग्रवालको कोठामा पुर्याईदिएको भनी खुल्न आएको थियो ।

सोधपुछको आधारमा अमित कुमार अग्रवालको डेरा कोठा खानतलासी गर्दा एक करोड पचास लाख रुपैयाँ फेला परेको र निजहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान विभाग पठाएको महाशाखाले जनाएको छ ।

 

अभिलेख

लोकप्रिय