ज्योति मिर्मिरे सामूहिक साकोसको एकीकरण उत्सवः जेष्ठ सदस्यलाई भत्तासहित सम्मान
पनौती (काभ्रे) : पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसले ९औं एकीकरण उत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा विविध कार्यक्रम गरी एकीकरण उत्सव मनाएको हो ।
एकीकरण उत्सवको अवसरमा ३ सय ५३ जनालाई काठमाडौं मेडिकल कलेजको सहयोगमा विविध स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै संस्थामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये ७० वर्षभन्दा माथिका १ सय १९ जना जेष्ठ सदस्यहरुलाई वार्षिक पाँच सय भत्तासहित सम्मान गरिएको छ ।

साथै बैंक र बचत तथा ऋण सहकारीहरुमा मानव श्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन विषयमा सोधपत्र सहित विद्यावारिधी प्राप्त गरी सहकारी अभियानमा पुरयाउनुभएको योगदानलाई कदर गर्दै पनौती न पा वडा नं ४ निवासी डा. शिवजी सापकोटालाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै संस्थाका उत्कृष्ट ऋणी, बचतकर्तासहित १३ जना सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको ध्यान गरिबी निवारण तथा उत्पादनमा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापित भई नमूना संस्थाको परिचय बनाउन शुभकामना व्यक्त गर्नुभयो ।
‘दिगो र उत्कृष्ट वित्तिय सहकारी’ को परिकल्पना गरी समुदायमा आधारित ज्योति मिर्मिरे सामूहिक साकोस माघ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई १३ हजार ५ सय सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । त्यस्तै संस्थामा १ हजार ३ सय ७८ जना बाल बचतकर्ता आवद्ध छन् । यस अवधिमा संस्थाको कुल कारोबार १ अर्ब माथि पुगेको छ ।
सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाले कारोबार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार