पश्चिम व्याच तेस्रो कलष्टरका सहकारी बीच पाम वर्कशप, १२ साकोस एक्सेस व्राण्डिङ तयारीमा
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्था, बागलुङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा ३० औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएको छ । सहकारी एक्सेस व्राण्डिङ कार्यक्रम अन्तर्गत पश्चिम व्याच तेस्रो कलष्टरका सदस्य संस्थाहरु सहभागी कार्यशाला आइतबार बागलुङमा सम्पन्न भएको हो ।
कार्यशालामा सहकारी उच्च व्यवस्थापन संस्थाहरुको पहिल्लो तीन महिनाको उपलब्धीको प्रस्तुती गरेका थिए । यस अवसरमा कुनै एक संस्थागत रुपमा सुधार गर्नु पर्ने पक्ष तथा साझा रुपमा सबैले गर्नुपर्ने सुधारको प्रतिवद्धता समेत पारित गरिएको छ ।

कार्यशाला कार्यक्रमको सहजिकरण नेफ्स्कुनका वरिष्ठ अधिकृत भरत न्यौपाने र नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नु भएको थियो । कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै सिवाईसी साकोसका अध्यक्ष एवं नेफ्स्कुनका संचालक चण्डीप्रसाद शर्मा पौडेलले एक्सेस कार्यक्रमको पाम कार्यशालाले संस्थाको सिकाई आदान–प्रदानलाई प्रभावकारी बनाई संस्थाको आन्तरिक मजवुती र व्यवस्थापनमा सहयोग पुराउँदै आएको बताउँदै संस्थाहरुले कार्यशाल बाट हुने सिकाईलाई प्रभावकारी कार्यान्वय गर्नु पर्ने बताउनु भयो ।
सिवाईसी सकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको सञ्चालन, उपाध्यक्ष गण्डकी थापा अधिकारीको स्वागतमा उद्घाटन कार्यक्रममा नेफ्स्कुन सदस्य सेवा उपसमिति सदस्य लेखनाथ खरेल, सिवाईसी साकोसका सल्लाहकार सिता शर्मा लगाएतले बोल्नुभएको थियो ।

पश्चिम व्याच तेस्रो कलष्टरमा १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस व्राण्डिङ तयारीमा छन । ती सहकारीहरु सिवाईसी सकोस बागलुङ, लुम्बिनी सुनवल साकोस, नवलपरासी, सयपत्री साकोस, नवलपरासी, नमूना महिला साकोस, रुपन्देही, उपकार साकोस, स्याङजा, सुर्योदय साकोस, स्याङजा, भिमकुल साकोस, गोरखा, सप्तकोशी साकोस, गोरखा, लेकाली स्वावलम्बन साकोस, गुल्मी, जनसेवा साकोस, कास्की, गैडाकोट स्वाभिमान साकोस, नवलपरासी, सामुहिक विकास साकोस, रुपन्देही रहेका छन् ।
हरेक तीन÷तीन महिनामा एक्सेस कार्यक्रमका व्याच सदस्य संस्थाको आयोजनामा यो कार्यक्रम फरक–फरक स्थानमा हुँदै आइरहेको छ । जसमा संस्थाबाट सञ्चालक तथा एक्सेस कार्यक्रम कार्यदल तथा उच्च व्यवस्थापनबाट गरी अनिवार्य रुपमा २ जनाको सहभागिता रहँदै आइरहको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार