बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम
बागलुङ : बलेवा एकता बचत तथा ऋण सहकारी संस्था, नारायणस्थान बागलुङले एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम शनिवार सम्पन्न गरेको छ । संस्थाको बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा सेवा केन्द्रका सञ्चालक तथा शेयर सदस्यहरुका लागि सञ्चालित तालिममा सहकारीमा वित्तीय साक्षरताको महत्व लगायतका विषयमा जानकारी गराइएको थियो ।
सहकारी व्यवसायलाई सदस्य केन्द्रीत बनाउँदै संस्थामा आवद्ध शेयर सदस्यहरुलाई वित्तीय रुपमा सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिनुभयो ।
सहकारीमा बचत गर्नका लागि खर्च कटौती र आम्दानी वृद्धिका लागि गर्न सकिने उपायहरु, आम्दानी कसरी बढाउने र खर्च कसरी घटाउने लगायत वित्तीय साक्षरताको महत्वका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
सहकारीका सदस्यहरुको जीवनशैली सहज र कम खर्चिलो बनाउनका लागि सहकारीले योजना बनाएर काम गर्नु पर्नेमा जिसीको जोड थियो । तालिममा संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य गरी ५० जनाको सहभागिता रहेको थियो ।
तालिमको शुभारम्भ बागलुङ नगरपालिका वडा न. १३ का वडा अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण पक्ष भएकाले प्रभावकारी रुपमा सहकारीलाई सञ्चालनका लागि सहकारी शिक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बलेवा एकता साकोस पैयुपाटा सेवा केन्द्रका अध्यक्ष प्रेम बहादुर रोकाको अध्यक्षता, उपाध्यक्ष एकनाथ शर्माको स्वागत र सचिव कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार