१८ भदौ २०८३, बिहिबार

सिवाईसीको २४औं सेवा केन्द्र पर्वतको डिमुवामा, २२ हजार सदस्यलाई २ अर्ब पुँजी परिचालन

२०७८ फागुन १४, शनिवार
सिवाईसीको २४औं सेवा केन्द्र पर्वतको डिमुवामा, २२ हजार सदस्यलाई २ अर्ब पुँजी परिचालन

पर्वत : बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको २४ औं सेवा केन्द्र पर्वत जिल्लाको मोदी गाँउपालिका-६, तिलाहार डिमुवामा सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बीच डिमुवामा पञ्चकोशी सदस्य सेवा केन्द्र उद्घाटन गरिएको छ ।

मोदी-६, तिलाहारमा रहेको पञ्चकोशी कृषि सहकारी संस्थासँग एकीकरणपछि नयाँ सेवा केन्द्र विस्तार गरिएको हो । पञ्चकोशी सदस्य सेवा केन्द्र उद्घाटन गर्दै गण्डकी प्रदेशका माननिय सांसद ललितकला गुरुङले सहकारी अभियानले जनताको जीवन स्तरमा परिवर्तन गर्ने र वित्तीय पहुँच गाँउ गाँउमा बढाउने कार्यमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । सहकारी अभियानलाई थप सुशाससित र मर्यादित बनाउन सके सबै जनमानसमा सहकारी प्रति विश्वास जागृत हुने र अझै जनतामा वित्तीय पुहँच बढ्ने बताउनु भयो । सिवाईसीले धवलागिरी क्षेत्रमा फरकधारको सहकारी अभियान गरेको आफुले पाएको उहाँको कथन थियो ।

सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको विगत वर्तमान र भविष्य बारे प्रष्ट पार्नु भएको थियो । सिवाईसी सकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव जयराम भारीको संचालनमा भएको थियो ।

सिवाईसी साकोसले साविक धौलागिरी अञ्चलको ४ जिल्लामा कार्यक्षेत्र बनाई २२ हजार शेयर सदस्यलाई २ अर्ब पुँजी परिचालन गरी २३ वटा सेवाकेन्द्र तथा एउटा केन्द्रीय कार्यालयमार्फत विकेन्द्रीत सेवा प्रवाह गर्दै आइरहेको छ ।

नयाँ सेवा केन्द्र सुरुवातसँगै पर्वत जिल्लामा सिवाईसी साकोसका सेवा केन्द्र ३ वटा पुगेका छन् भने थप नयाँ सेवा केन्द्र पर्वतको जलजला गाँउपालिका वडा नं ६ मिलनचोकमा निकट भविष्यमा खुल्ने योजनामा रहेको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय