हाम्रो एकीकृत साकोसका १ सय ४६ जना सदस्यलाई सहकारी शिक्षा
काठमाडौं : हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था सदस्य सेवा केन्द्र कीर्तिपुरमा सदस्य शिक्षा तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका कोषाध्यक्ष शरद वाग्लेको प्रमुख आतिथ्य तथा सदस्य सानुबाबु महर्जनको आतिथ्यमा १ सय ४६ सदस्यको उपस्थितिमा सदस्य शिक्षा तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वाग्लेले वित्तीय साक्षरता सम्बन्धि शिक्षा, संस्थाले सदस्यहरुका निमित्त गर्ने सहयोग, सदस्यको संस्था प्रतिको दायित्व, सेवा केन्द्र उपसमितिले गर्ने कार्यहरु र हाम्रो एकीकृत बचत तथा ऋण सहकारीका संस्थाका ध्येय, परिकल्पना समेत प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको का.मु. प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीद्वारा संस्थाका सेवाहरु, सदस्यको लागी संस्थाले गर्ने हेरचाह, सदस्यले संस्थाको लागी गर्ने गर्नुपर्ने सहयोग र अनिवार्य ब्तको ५० वर्षिय योजनको बारेमा प्रस्तुती दिनुभएको थियो ।
संस्थाका सदस्य सानुभाई महर्जनले संस्थाको लागी एक सदस्य भई गर्नुपर्ने योगदानको लागी सदैव तत्पर रहेको बताउनुभएको थियो । स्थानिय सदस्यहरुले संस्थाले दिने सेवा तथा सुविधालाई आशाको केन्द्रविन्दु भएको बताएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार