ठगीको आरोपमा भरोसा नेपाल सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ
२०७८ फागुन १३, शुक्रबार
काठमाडौं : सदस्यको ६ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा सहकारी संस्थाका दुई सञ्चालक पक्राउ परेका छन् ।
ठगीको आरोपमा पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
संस्थामा जम्मा गरेको रकम हिनामिना गरेर कार्यालयमा ताला लगाएर फरार भएको १५ जना सदस्यको जाहेरीपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ब्युरोले अन्य बचतकर्तालाई उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारबाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार