२४ वर्षमा हाम्रो साकोस, १ अर्ब ७० करोड नाघ्यो वासलात
काठमाडौं : ललितपुरको लगानखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था २४औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल फागुन १३ गते तत्कालिन डिभिजन सहकारी कार्यालय, ललितपुरमा दर्ता भएको संस्था आजबाट २४औं वर्षमा प्रवेश गरेको हो ।
संस्था स्थापनाकालदेखि हालसम्मका सबै सदस्य, पदाधिकारी तथा कर्मचारीहरूको योगदानका लागि संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले धन्यवाद ज्ञापन गर्नुभएको छ । सदस्यबाट बचत संकलन गरी सदस्यहरूलाई नै ऋण लगानी मार्फत स्वरोजगार र व्यवसायी बनाई सदस्यको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने स्थापनाकालीन उदेश्यले नै वर्तमानलाई निर्देशित गर्दै कार्य सञ्चालन गर्दै आएको अध्यक्ष फुयालले बताउनुभयो । अबका दिनमा संस्थागत सुशासनलाई अझै मजबुत बनाउँदै आफ्ना सदस्यलाई समय सापेक्ष नीति, विधि र प्रविधिको आधारमा सेवाहरूको विशिष्टकरण गर्दै लैजाने प्रतिवद्दता उहाँले जनाउनुभएको छ ।
२९ जना सदस्य संस्थापक रहेर ४८ जना सदस्यको २ लाख ४५ हजार पुँजीबाट कारोबार शुरू गरेको संस्थामा हाल ६ हजार ५०० सदस्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाको १५ करोड शेयर पुँजी, ९ करोड जगेडा कोष तथा करिब १ अर्ब ७० करोड सम्पति तथा दायित्व पुर्याउन सफल भएको घिमिरेले बताउनुभयो ।
संस्थाले स्थापना दिवसको अवसर पारेर फागुन १४ गते ललितपुरको मंगलबजारमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
