१९ भदौ २०८३, शुक्रबार

ब्याजदरमा छलफल गर्दैछौं: रजिष्ट्रार

२०७८ फागुन १२, बिहिबार
ब्याजदरमा छलफल गर्दैछौं: रजिष्ट्रार

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

सहकारी विभाग नयाँ बानेश्वरमा बस्ने आजको बैठकलाई चासोको रुपमा हेरिएको छ । मंगलबार बसेको बैठकमा उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्न समितिको बैठक आजको लाग सारिएको थियो । समितिका सदस्यहरुले उक्त प्रतिवेदन अध्ययन गरी आजको बैठकमा राय प्रस्तुत गर्नेछ ।

समितिका संयोजक समेत रहनुभएका सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले ब्याजदरको विषयमा छलफलमै रहेको प्रतिक्रिया दिनुभयो । ‘हामी छलफलमै छौं । आज बस्ने बैठकबाट निर्णय हुन पनि सक्छ, नहुन पनि सक्छ ।’

अभिलेख

लोकप्रिय