सहकारी विभागलाई ६ बुँदे ज्ञापनपत्र : ब्याजदर १८ प्रतिशत पुर्याउन माग
काठमाडौं : जिल्ला सहकारी संघ, काठमाडौंले सहकारीको सन्दर्भ ब्याजजदर १८ प्रतिशत पुर्याउन माग गरेको छ । बुधबार सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउँदै संघले वित्तीय बजार विश्लेषणका आधारमा शहरी क्षेत्रमा ऋणको ब्याजको सिमा बढाएर १८ प्रतिशत पुर्याउन माग गरेको हो ।
यस सहकारी अभियानको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन लविङ गरिरहेको छ ।
संघले वित्तीय बजारमा देखिएको तरलताको अभावको असर सहकारी क्षेत्रमा समेत परेको र यसबाट सहकारीमा वित्तीय व्यवस्थापन गर्न कठिन भएको तथा पुँजी पलायन समेत हुन थालेको जनाएको छ ।
यसको असर कम गर्नका लागि संघले बुझाएको ६ बुँदे ज्ञापनपत्रमा सन्दर्भ व्याजदरको व्यवस्था अवैज्ञानिक र अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने, व्याजदरलाई स्वचालित बनाई ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्नुपर्ने, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, स्थिरीकरण कोष र प्रवद्र्धन कोष स्थापना गनुपर्ने, ८८ बुँदे निर्देशनलाई सहकारीमैत्री बनाउनुपर्ने र संघसंस्थाको निरिक्षणमा जिल्ला संघको प्रतिनिधि सहभागि बनाउन माग गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार