मेगा ड्रिम सहकारीका १ सय १९ सदस्यलाई चन्द्रागिरि भ्रमण
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई चन्द्रागिरि भ्रमण गराएको छ ।
संस्थाले विभिन्न बचत योजनामा सहभागिता जनाएका सदस्यहरुमध्येबाट गोलाप्रथा गरी १ सय १९ जना सदस्यहरुलाई चन्द्रागिरी भ्रमण गराएको हो । संस्थाले दशैंतिहारको अवसरमा विभिन्न नयाँ बचत योजना ल्याएको र त्यसमा २५० भन्दा बढि सदस्यले सहभागिता जनाएका थिए । संस्थाले बनाएको मापदण्डका आधारमा उनीहरुबाट ११९ जना सदस्यलाई भ्रमण गराएको संस्थाले जानकारी दिएको छ ।

त्यस अवसरमा गोलाप्रथामार्फत मालती पौडेलले मोबाइल फोन जितेकी छिन् भने अन्य २० जनाले संस्थाको लोगो अंकिछ ट्रयाकसुट हात पारेका छन् । साथै बचत योजनामा सहभागी भइ छनौट भएका अन्य सदस्यलाई पनि उपहार दिइएको थियो ।
सो अवसरमा संस्थाका संचालक समिति सचिव एवं प्रबन्ध निर्देशक इन्द्र प्रसाद गेलालले सहभागिहरुलाई सहकारी शिक्षा सम्बन्धि प्रस्तुतिकरण दिनुका साथै सदस्यहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक तथा विभिन्न उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार