१९ भदौ २०८३, शुक्रबार

१८ जना सहकारी प्रशिक्षक तयार गर्दै सिएमसी कास्की

२०७८ फागुन ८, आईतवार
१८ जना सहकारी प्रशिक्षक तयार गर्दै सिएमसी कास्की

पोखरा : को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कास्कीको आयोजना र नेफस्कुनको प्राविधिक सहयोगमा ७ दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम पोखरामा सुरु भएको छ । पोखराको माई होटलमा भएको तालिम शनिबार (फागुन ७) बाट १३ गतेसम्म सञ्चालन हुनेछ ।

तालिम कार्यक्रमको उदघाटन नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलले गर्नु भएको थियो । उदघाटन मन्तब्यको क्रममा पोख्रेलले यस्ता प्रकारका कार्यक्रमले सहकारी अभियानलाई थप मद्दत पुर्याउने र अभियान थप सशक्त हुने बिस्वास व्यक्त गर्नु भयो ।

सिएमी कास्कीको स्थापना काल देखिनै नेफ्स्कुन संगसंर्ग रहेको र आगामी दिनमा पनि संगसंगै रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो । तालिम कार्यक्रमको प्रकाश पार्दै क्लबका सस्थापक अध्यक्ष मीलन ढकालले कास्किमा तालिम प्रदान गर्नको लागि प्रशिक्षक जिल्ला भित्र यथेष्ट मात्रामा नभएको र कास्की बाहिरबाट प्रशिक्षक ल्याउँदा लागत पनि बढी हुने हुँदा समस्या भएकोले तालिम आयोजना गरिएको बताउनुभयो । यस तालिम कार्यक्रम सहकारी अभियानमा एउटा कोषेढुङा सावित हुने कुरा प्रष्ट गर्नु भयो ।

७ दिनको तालिम कार्यक्रमलाई सहजिकरण गर्नको लागि नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, प्राचार्य सन्जयराज तिमिल्सेना, बरिष्ठ तालिम अधिकृत द्वय बल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेको उपस्थिती रहेको छ ।

कार्यक्रम क्ल्बका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा भएको थियो । अध्यक्ष कोइरालाले ‘ब्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता’ भन्ने मुल नाराका साथ स्थापित क्लबले सहकारीमा आवश्यक तालिमहरु सन्चालन गरी सहकारी अभियान थप ससक्त बनाउन सहयोग गरेको बताउनुभयो ।

तालिममा कास्की जिल्लामा अवस्थित १८ जना सहकारीका व्यवस्थापकहरुको सहभागी भै प्रशिक्षत हुनेछन् । तालिम कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरि प्रसाद पन्थी र सन्चालन सचिव मोहन प्रसाद अधिकारिले गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय