बिना निष्कर्ष टुंगियो सुझाव उप-समितिको बैठक, यस्तो छ राष्ट्र बैंकले दिएको औसत ब्याजदर
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको आजको बैठक सकिएको छ ।
सहकारी विभागमा बसेको उप–समितिको बैठकमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित समेत सहभागिता रहेको थियो । आजको बैठक सामान्य छलफलपछि टुंगिएको छ । बैठकमा राष्ट्र बैंकको तर्फबाट बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जाको औसत ब्याजदर पेश गरिएको थियो ।
राष्ट्र बैंकले दिएको पुष महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर कर्जामा ९.४४ प्रतिशत र निक्षेपमा ६.३७ प्रतिशत रहेको छ । त्यस्तै विकास बैंकहरुको औसत ब्याजदर कर्जामा ११.३२ प्रतिशत र निक्षेपमा ७.४२ प्रतिशत रहेको छ । फाइनान्स कम्पनीहरु औसत ब्याजदर कर्जामा ११.८२ प्रतिशत र निक्षेपमा ७.८८ प्रतिशत रहेको छ । त्यस्तै लघुवित्त कम्पनीहरुको औसत ब्याजदर कर्जामा १४.२४ प्रतिशत र निक्षेपमा ७.२० प्रतिशत रहेको छ ।
माघ महिनाको तथ्यांक आउन अझै कम्तिमा १० दिन लाग्छ । यता बैंकहरुले फागुन १ गतेदेखि ब्याजदर बढाएका छन् । फागुन महिनाको औसत ब्याजदरलाई आधार मानेर सहकारीको ब्याजदर तोक्नेहो भने कम्तिमा चैत १५ गतेसम्म कुर्नु पर्ने हुन्छ ।
सन्दर्भ ब्याजदर निर्धारण गर्दा वाणिज्य बैंकहरुको औसत ब्याजदरलाई आधार लिइने सहकारी नियमावलीमा उल्लेख गरिएको छ । औसत ब्याजदर कर्जामा ९.४४ प्रतिशत र निक्षेपमा ६.३७ प्रतिशत रहेको छ ।
त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय संघमा आवद्ध संस्था र संघहरुको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर अहिलेको अवस्थामा पनि १३ प्रतिशतभन्दा कम हुन आउँछ ।
बैठकमा सहकारी अभियानको तर्फबाट सहभागि भएको सदस्यहरुले सहकारी संस्थामा पनि बैंक तथा वित्तीय संस्थामा जस्तै आधारदर (बेस रेट) को प्रावधान लागू गर्नु पर्ने धारणा राखेका थिए । सहकारीको ब्याजदर १७ प्रतिशत नबढ्ने गरी आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याज लिन पाउने व्यवस्था गर्नु पर्ने उनिहरुको धारणा थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार