विकू बचतको अर्ध वार्षिक समिक्षाः गरिमा सेवा केन्द्र उत्कृष्ट
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष २०७८/०७९ को अर्ध वार्षिक समिक्षा गरेको छ । अर्ध वार्षिकमा भएका कामहरुको समिक्षा गरि संस्थाको कारोवार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको संस्थाले जनाएको छ ।

बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समसान्दर्भिक विषयको वारेमा संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवा केन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो । बैठकमा विभागीय तथा सेवा केन्द्र प्रमुखहरुले आ–आफ्नो विभाग तथा सेवा केन्द्रको वर्तमान अवस्था, आगामी लक्ष्य, संभावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको गहकिलो प्रस्तुती पेश गर्नु भएको थियो ।
संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजना सहित धारणा राख्नु भएको थियो । यसै बीच गरिमा सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्र बन्न सफल भएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार