२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीको सरुवा

२०७८ माघ २९, शनिवार
सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीको सरुवा

काठमाडौं : संघीय सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीको सरुवा भएको छ । शुक्रबार नेपाल सरकार (माननिय मन्त्रीस्तर)को निर्णय अनुसार रजिष्ट्रार अधिकारीको सरुवा भएको हो । उहाँसँगै २८ सहसचिवको एकै पटक सरुवा भएको हो ।

अधिकारीको सरुवा गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा भएको हो । अब सहकारी विभागको रजिष्ट्रारमा को आउने भन्ने निर्णय भने भैसकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रहनुभएका रुद्रप्रसाद पण्डित र पद्यमनिधि सोती वा राष्ट्रिय दलित आयोगका निराजन घिमिरे मध्ये एक जनाले सहकारी विभागको रजिष्ट्रार हुने छन् ।

उहाँहरु तिनै जना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा हुनुभएको छ । कुशल प्रशासकका रुपमा परिचित अधिकारी चार महिना अघि मात्र सहकारी विभागमा सरुवा भएको थियो ।

 

अभिलेख

लोकप्रिय