श्याम रानाको उपचारमा मित्र मिलन साकोसका सञ्चालक र कर्मचारीको सहयोग
२०७८ माघ २७, बिहिबार
पोखरा : मिलन बचत तथा ऋण सहकारी संस्थाका सदस्य श्याम रानाको उपचारको लागि संस्थाका सञ्चाल र कर्मचारीहरुले सहयोग गरेका छन् ।
स्याङ्जा स्थायी घर भई हाल पोखरा ९ नयाँबजारमा खाजाघर व्यवसाय गरी बस्ने रानाको दुबै मृगौला फेल भई पोखरा गण्डकी मेडिकल कलेजमा डायलोसिस गराईरहनु भएको छ ।
रानाको मृगौला प्रत्यारोपण गर्न सहयोग गर्ने उद्देश्यले संस्थाका संचालक तथा लेखा समितिबाट रकम २० हजार रुपैयाँ, प्रधान कार्यालय नयाँबजारमा कार्यरत कर्मचारीहरुबाट रकम १६ हजार ८ सय ५० र सदस्य सेवा केन्द्र कसेरीमा कार्यरत कर्मचारीहरुबाट रकम ६ हजार ५ सय संकलन गरी जम्मा रकम रु ४३ हजार ३ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको छ ।
संकलित उक्त सहयोग रकम संस्थाका अध्यक्ष रमण पौडेलद्वारा एकमुष्ठ प्रदान गर्नुभएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार