सबैभन्दा धेरै एटिएम बुथ सञ्चालन गर्ने सहकारी बन्यो शिव शिखर
काठमाडौं : भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था नेपालमा सबैभन्दा धेरै एटिएम बुथ सञ्चालन सहकारी संस्था बनेको छ ।
संस्थाले देशको विभिन्न स्थानमा ७ वटा आफ्नै एटिएम बुथ सञ्चालनमा ल्याएको छ । हालसम्म सहकारी यति धेरै एटिएम बुथ सञ्चालनमा ल्याएका छैनन् । संस्थाले सोमबारदेखि ललितपुरको ठैबमा ७ औं एटिएम बुथ सञ्चालनमा ल्याएको छ। उक्त एटिएम बुथको उद्घाटन संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले गर्नुभएको थियो ।
एटिएम बुथको उद्घाटन कार्यक्रममा रजिष्ट्रार अधिकारीले सहकारीले सदस्यलाई प्रविधिमैत्री बनाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले सहकारीहरु प्रविधिमैत्रि हुनुपर्ने र पेपरलेस तथा क्याँसलेस सेवामा सहकारी जानुपर्ने बताउनुभयो ।
संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ राखेर सदस्यलाई डिजिटल सेवा दिने संस्थाका मुख्य व्यवस्थापक लिलानाथ गौतमले बताउनुभयो। उहाँले अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने बताउनुभयो ।
साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम बुथ सञ्चालन गर्ने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार