१८ भदौ २०८३, बिहिबार

स्थापनाको १३ वर्षमा जेष्ट आइडियोलोजी साकोस

२०७८ माघ २५, मङ्गलबार
स्थापनाको १३ वर्षमा जेष्ट आइडियोलोजी साकोस

काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १३ वर्षमा प्रवेश गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने उद्देश्यका साथ स्थापित संस्था सामाजिक कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाउँदै लगेको छ ।

संस्थाको वित्तीय संरचनालाई मजबुत बनाउँदै प्रविधि प्रयोगमा जोड दिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले बताउनुभएको छ । स्थापना दिवसका अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वका विविध काम गर्दै आएको छ ।

संस्थाका अध्यक्ष रामप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत हेमबहादुर कार्कीले संस्था स्थापनाको १२ वर्षको दौरानमा सहयोग गर्ने विभिन्न निकायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

दिगो संस्थागत विकासका लागि सदस्यहरु माझ उत्कृष्ट सेवा प्रदान गर्दै सहकारी अभियान को एक आधार स्तम्भ बन्ने प्रतिवद्धता प्रकट गरेको छ ।

अभिलेख

लोकप्रिय