१८ भदौ २०८३, बिहिबार

मेगा ड्रिम सहकारीद्वारा कालिमाटी र थानकोटमा भेगिय उप-सिमिति गठन

२०७८ माघ २५, मङ्गलबार
मेगा ड्रिम सहकारीद्वारा कालिमाटी र थानकोटमा भेगिय उप-सिमिति गठन

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र भेगिय उपसमिति गठन गरेको छ ।

संस्थाले चन्द्रागिरि र कालिमाटी सेवा केन्द्रमा भेगीय उपसमिति गठन गरेको हो । चन्द्रागिरि सेवा केन्द्रको भेगिय समिति संयोजकमा नन्ददास अमात्य र सदस्यहरुमा सन्देश अमात्य, आनन्द महर्जन र प्रसन्नमान गोपाली रहेका छन् ।

त्यस्तै कालिमाटी सेवा केन्द्रको भेगिय उपसमिति संयोजक रमेश प्रसाद तिमल्सिना र सदस्यहरुमा उमेश कुमार महेश्वरी र सुजित कुमार श्रेष्ठ रहेका छन् ।

संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति तथा कार्यक्रम संयोजक शेखर बस्नेतले २ वटा सेवाकेन्द्रमा उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

सेवा केन्द्रहरुको कारोबारलाई थप प्रभावकारी बनाउँदै लैजाने, सदस्य विस्तार एवं समुदायस्तरमा संस्थालाई स्थापित गराउन समितिहरुले भूमिका खेल्ने उहाँको बताउनुभयो । त्यसका साथै  कारोबारलाई चुस्तदुरुस्त र पारदर्शी बनाउनुका साथै सबैको सल्लाहसुझावलाई समेटेर अगाडि बढाउन समितिले काम गर्ने उहाँको भनाई छ ।

समिति गठन कार्यक्रममा संस्थाका अध्यक्ष महाशंकर रेग्मी, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलाल तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवाकेन्द्रमार्फत १२ हजार भन्दा बढि सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय