शिव शिखरले खाेल्याे बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा
बाँके : भक्तपुरमा मुख्य कार्यालय रहेकाे शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका-८, स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको उद्घाटन गरेका हुन् । शिव शिखर सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको १६ औं शाखा हो ।
मार्टको शुभारम्भ गर्दै अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरुलाई एउटै थलोमा आवश्यक खाद्यन्न, लत्ताकपडा लगायतका सामग्रि किनमेल गर्ने अवसर मिल्ने बताउनुभयाे ।
यस अगाडी नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराहीमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।
संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यबस्तु, चामल, चिनि, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अलवा महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको चाँदनी चोक पछिल्ला केहि वर्षयता व्यवसायीक केन्द्रका रुपमा विकास भइरहको छ । त्यसैले पनि यो शहकारीले यहाँ गार्डेन मार्ट सहित आफनो सदस्य सेवा काउन्ट समेत विस्तार गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार