१८ भदौ २०८३, बिहिबार

शिवशिखर सहकारीको पाँचौ एटिएम सेवा वीरेन्द्रनगरमा

२०७८ माघ १२, बुधबार
शिवशिखर सहकारीको पाँचौ एटिएम सेवा वीरेन्द्रनगरमा

एटिएमको  वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सुरूवात गरेका हुन् । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले धमाधम एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा  एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यो सगैँ संस्थाको एटीएम संख्या  पाँच पुगेको  छ ।
सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको सेवाकेन्द्रमा  एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

एटीएम सेवा शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताएका छन्  ।

मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बाताए ।

अभिलेख

लोकप्रिय