अब पोखरामा पनि शिव शिखर सहकारीको आफ्नै एटिएम बुथ
काठमाडौं : भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरामा पनि एटिएम बुथ राखेको छ ।
सदस्य सेवा केन्द्र पोखरामा संस्थाले राखेको यो दोस्रो एटिएम बुथ हो । यस अघि संस्थाले भक्तपुरको कमलविनायक सेवा केन्द्रमा पहिलो एटिएम बुथ राखेर सदस्यलाई सेवा प्रदान गर्दै आएको थियो ।

संस्थामा आवद्ध सदस्यहरुको सहजतालाई ध्यानमा राखेर संस्थाले आफ्नै एटिएम बुथ सञ्चालनमा ल्याएको संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौतमले जानकारी दिनुभयो ।
संस्थाको एटिएम कार्ड प्रयोग गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुको एटिएम बुथबाट पनि रकम लिकाल्न सकिने उहाँले बताउनुभयो । संस्थाको एटिएम कार्डबा नेपालमा मात्र नभई छिमेकी मुलुक भारतबाट समेत रकम निकाल्न मिल्ने उहाँले बताउनुभयो । सदस्यलाई बैंकिङ कारोबारमा सुबिधा प्रदान गर्न र क्यासलेस कारोबारलाई बढवा दिन संस्थाले एटिएम सेवालाई निरन्तरता दिएको जनाइएको छ ।
संस्थाले सञ्चालन गरेको मोबाईल बैकिङ सेवा ४ हजार सदस्यले प्रयोग गर्दै आएको गौतमले जानकारी दिनुभयो । सदस्यले संस्थासँग बैंकिङ कारोबारका लागि कार्यालय धाइरहनुपर्ने झन्झटबाट मुक्ति दिलाएको मुख्य प्रबन्धक गौतमको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
