मिलिजुली कालिञ्चोक साकोसको मानव संशाधन क्षमता अभिबृद्धि तालिम सम्पन्न
दोलखा : मिलिजुली कालिञ्चोक साकोसले सेवाकेन्द्र व्यवस्थापन मानव संशाधनको क्षमता बृद्धि तालिमम सम्पन्न गरेको छ । संस्थाका आठ ओटै सेवा केन्द्रका मानव संसाधनको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । गत मंसिर १८ गते सुरु भएको उक्त कार्यक्रम माघ १ गते सम्पन्न भएको हो ।
संस्थाले मंसिर १८ गते शैलुङ्ग गाउँपालिकामा अवस्थित बाघखोर सेवाकेन्द्र र फस्कु सेवाकेन्द्रको लागि बाघखोर सेवाकेन्द्र संयोजक पुष्कर कुमार श्रेष्ठको अध्यक्षता तथा संस्थाका सचिव ठाकुरप्रसाद पाठकको प्रमुख आतिथ्यतामा बाघखोरमा, पौष १० गते बैतेश्वर गाउँपालीकामा अवस्थित एकता सेवाकेन्द्र, भीमेश्वर नगरपालीकामा अवस्थित धर्तिमाता सेवाकेन्द्र र कालिञ्चोक गाउपालीकामा अवस्थित सुनखानी सेवाकेन्द्रको लागि एकता सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक राजेश उप्रेतीको अध्यक्षता तथा संस्थाको उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता तथा सचिव ठाकुर प्रसाद पाठकको बिशेष आतित्थ्यतामा संस्थाको मुख्य कार्यालयमा तालिम सम्पन्न गरेको हो ।
त्यसैगरी पौष १७ गते बिगु गाउँ पालिकामा अवस्थित गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र र थामीचाँगु सेवाकेन्द्रको लागि गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र प्रमुख सुरेशचन्द्र खड्काको अध्यक्षता तथा संस्थाको अध्यक्ष नारायणबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तामा सिंगटीमा र २०७८ साल माघ १ गते कालिञ्चोक गाउँपालिकामा अवस्थित जल्पाश्वरी परोपकार सेवाकेन्द्रको लागि उक्त सेवाकेन्द्र प्रमुख देवेन्द्र अर्यालयको अध्यक्षतामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै तालिम कार्यक्रमहरु सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
तालिम कार्यक्रमको क्रममा संस्थाको चारवर्षीय रणनीतिक योजनाको चौथो बर्षको लक्ष्य पुरा गर्नको लागि सेवाकेन्द्र स्तरीय वार्षिक कार्ययोजना निर्माण गर्ने कार्य समेत सम्पन्न गरेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार