भक्तपुरमा सहकारी चोरीका दुई घटना !
काठमाडौं : पछिल्लो समय सहकारी संस्थाहरुमा चोरीका घटनाहरु बढ्दै गएको छ । विशेष गरी काठमाडौं उपत्यका यस्ता घटना धेरै हुने गरेको प्रहरीले जनाएको छ ।
पौष महिनामा मात्रै भक्तपुरको दुई वटा सहकारीमा चोरी भएको छ ।
पौष १ गते राती मध्यपुरठिमी नगरपालिका १ लोकन्थलीस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारीमा चोरी भएको भएको थियो ।
उक्त संस्थाबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । संस्थाको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको हो । यस विषयमा महानगरीय प्रहरी वृत्त ठिमीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै पौष १८ गते राति सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै रहेको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भयो । उक्त संस्थाबाट नगद ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
यस चोरीको घटनामा महानगरीय प्रहरी वृत्त जगातीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार