२४ कात्तिक २०८३, मङ्गलबार

बैंकरको क्षतिपूर्ति बीमालेख सहकारी संस्थालाई बिक्री गर्न नपाउने

२०७८ पुष २९, बिहिबार
बैंकरको क्षतिपूर्ति बीमालेख सहकारी संस्थालाई बिक्री गर्न नपाउने

काठमाडौं : बीमा समितिले बैंकरको क्षतिपूर्ती बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने जनाएको छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो । समितिले सहकारी तथा अन्य संस्थालाई बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न नसकिने स्पष्ट पारेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न पाउने समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरुले बैंकरको क्षतिपूर्ती सम्बन्धी बीमालेख बिक्री गर्दै आएका छन् । उक्त बीमालेख जारी भएपछि बीमालेख अवधिभर बीमाङ्क रकम थपघट गर्न नपाइने समितिद्वारा जारी निर्देशनमा उल्लेख छ ।

 

अभिलेख

लोकप्रिय