२४ कात्तिक २०८३, मङ्गलबार

नेशनल नमोबुद्ध सहकारीको अध्यक्षमा राजकुमार लामा

२०७८ पुष २८, बुधबार
नेशनल नमोबुद्ध सहकारीको अध्यक्षमा राजकुमार लामा

काठमाडौं : नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजकुमार लामा निर्वाचित हुनुभएको छ । संस्थाको आज सम्पन्न २२ औं वार्षिक साधारण सभाले लामाको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति चयन गरेको हो ।

लामा यस अघि सचिव रहनुभएको थियो । संस्थाको अध्यक्षमा यस अघि ज्ञानबहादुर तामाङ रहनुभएको थियो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा बिमला बस्नेत, कोषाध्यक्षमा श्यामबहादुर तामाङ, सचिवमा राजु सापकोटा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बाबुराम लोप्चन लामा, बुद्धिबहादुर तामाङ, पेम्बा शेर्पा रहनुभएको छ ।

त्यस्तै लेखा समिति संयोजकमा नरबहादुर तामाङ, सदस्यहरुमा पृथ्वी लामा र कुमारी आले रहनुभएको छ ।

अभिलेख

लोकप्रिय