१९ भदौ २०८३, शुक्रबार

पोखरा रोयलका सदस्यलाई सहकारी र स्वास्थ्य शिक्षा

२०७८ पुष २७, मङ्गलबार
पोखरा रोयलका सदस्यलाई सहकारी र स्वास्थ्य शिक्षा

तनहुँ : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका दुलेगौंडा सेवाकेन्द्र अन्र्तगत रहेका सदस्यहरुलाई लक्षित गरि दुलेगौंडा बजारमा एकदिने सहकारी र स्वास्थ्य सम्वन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अभिमूखीकरण गोष्ठीमा सहकारीको महत्व र फाईदा, सहकारीको वित्तीय स्वास्थ्य, पोखरा रोयल सहकारी नै किन ?, भन्ने शिर्षकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र क्यान्सर तथा कोभिड सम्वन्धी रोगको लक्षण र उपचारको बारेमा संस्थाका सल्लाहकार वरिष्ठ चिकित्सक डा.कालु शर्मा सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा डा.सुवेदीले विशेषगरी महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट जोगिने विधि, कोरोना कालमा अपनाउनु पर्ने जीवनशैली र खानपानको बारेमा सहभागीहरुसंग सहजीकरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेम भुजेलले रोयल सहकारीको सहकार्यमा विगत एक वर्षदेखि क्यान्सर रोग सम्वन्धी सचेतना कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै निकट भविश्यमा रोयल सहकारीको सदस्यहरुबाट नै क्यान्सर रोग पहिचान सम्वन्धी परिक्षण कार्यक्रम समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संस्थाको दुलेगौंडा सेवाकेन्द्रको आयोजनामा सञ्चालित कार्यक्रममा संस्थाका संचालक तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक एकबहादुर गुरुङले स्वागत तथा संस्थाका सुपरिवेक्षक अविनाश पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सेवाकेन्द्र अन्र्तगत आवद्ध १२५ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा अधिकांश महिला सदस्यहरुको उपस्थिति रहेको र निकट भविष्यमा नै सदस्य लक्षित अन्य सामाजिक कृयाकलापहरु सञ्चालन गर्दै लगिने संस्थाको कार्यक्रम रहेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।

 

अभिलेख

लोकप्रिय