२४ कात्तिक २०८३, मङ्गलबार

एकता सहकारी संस्थाको अध्यक्षमा पुनः ध्रुबप्रसाद शर्मा

२०७८ पुष २७, मङ्गलबार
एकता सहकारी संस्थाको अध्यक्षमा पुनः ध्रुबप्रसाद शर्मा

बागलुङ : एकता सहकारी संस्था लिमिटेड, बागलुङको अध्यक्षमा पुनः ध्रुबप्रसाद शर्मा निर्वाचित हुनुभएको छ।

संस्थाको २३ औं वार्षिक साधारण सभाबाट शर्मा अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । त्यस्तै नव निर्वाचित उपाध्यक्षमा युवराज राजभण्डारी, सचिवमा महेन्द्रप्रसाद कँडेल, कोषाध्यक्षमा पवनलाल राजभण्डारी, सह–सचिवमा सुनिता पुरी रहनुभएको छ । त्यस्तै सदस्यमा खगराज शर्मा, हरिराम अधिकारी, बाबुकाजी केसी, कृष्णराज शर्मा, सिर्जु राजभण्डारी, कल्पना श्रेष्ठ, सानु भारी र सिताकुरमारी केसी चयन भएका छन् ।

संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा एकबहादुर केसी, सदस्यमा शिवराज शर्मा र रितादेवी शर्मा चयन भएका छन् । नव निर्वाचित सञ्चालक समिति र लेखा समितिले सोमबार पदभार ग्रहण गरेका छन् ।

संस्थामा १ हजार २ सय २६ जना शेयर सदस्य रहेका छन् भने संस्थाको सेयर पुँजी ८ करोड ९ लाख २ हजार रहेको संस्थाका प्रबन्धक दिपकराज राजभण्डारीले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय