१८ भदौ २०८३, बिहिबार

जिल्ला सहकारी संघ, काठमाडौंको २२ औं साधारण सभा सम्पन्न

२०७८ पुष २६, सोमबार
जिल्ला सहकारी संघ, काठमाडौंको २२ औं साधारण सभा सम्पन्न

काठमाडौं : काठमाडौं जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ काठमाडौंको २२ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

महाराजगञ्ज स्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्युमा आयोजिक साधारण सभाको सभापतित्व संघका अध्यक्ष ज्ञानबहादुर तामाङले गर्नुभएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मघिमिरे, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंका अध्यक्ष मनोजकुमार थापा मगर, कास्कूनका उपाध्यक्ष नवराज अर्याल, नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष काजी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

सभामा संघका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८/०७९ को लागि प्रस्तावित बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समितिको तर्फबाट संयोजक सुमन केसीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा ९ वटा विषयहरुमा छलफल गरी पारित गरेको छ ।

अभिलेख

लोकप्रिय