बहुउद्देश्यीय केन्द्रीय संघमा चर्कियो विवाद, खास विवाद के हो ?
काठमाडौं : नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा सञ्चालकहरु बीच विवाद उत्पन्न हुँदा साधारण सभा नै अन्यौल भएको छ ।
पौष २९ गतेको लागि तय भएको निर्वाचन सहितको साधारण सभाको विवाद नियामक निकाय सहकारी विभागसम्म पुगेको छ । नियामक निकाय सहकारी विभागले पौष मसान्त भित्रै साधारण सभा गर्न लिखित निर्देशन समेत दिएको छ ।
पौष १९ गते बसेको सञ्चालक समितिको बैठकमा सदस्यता दिने विषयमा विवाद उत्पन्न भएपछि तत्काल अर्को बैठक बस्नेगरी स्थगित गरिएको थियो । त्यस लगत्तै नियामक निकाय सहकारी विभागमा केही सञ्चालकले पौष २० गते उजुरी दिएका थिए । उजुरी परेपछि सहकारी विभागले संघलाई पत्र काटेर पौष मसान्त भित्रै साधारण सभा गरी सो को जानकारी दिन निर्देशन दिएको थियो ।
सहकारी विभागमा उजुरी परेपछि संघका सञ्चालकहरु बीच विवाद उत्पन्न हुन थालेको हो । उजुरी परेपछि तोकिएको समयमा साधारण सभा गर्न नसकिने सूचना संघले जारी गरेको छ । उक्त सूचनामा संघका अध्यक्ष सुरेन्द्र भण्डारीेको हस्ताक्ष रहेको छ । साधारण सभा स्थगित गर्ने निर्णय नभएको भन्दै केही सञ्चालकहरुले आपत्ति समेत जनाएका छन् ।
खास भएको के हो ?
साधारण सभाको तयारी पूर्व तयारी, संघको सदस्यता प्रदान, १० वटा विषयहरुमा छलफल गर्न पौष १९ गते बैठक बोलाईएको थियो । उक्त बैठकमा नयाँ सदस्यताको लागि २८ वटा सहकारीको प्रस्ताव पेश गरिएको थियो । सोही विषमा केही सञ्चालकले आपत्ती जनाएपछि विवाद शुरु भएको हो ।
निर्वाचन सहतिको साधारण सभाको मुखमा आएर सदस्यता प्रदान गर्न नहुने विषय केही सञ्चालकले उठाएका थिए । सदस्यता प्रदान गर्ने विषय कुनै पनि निर्णयबाट बन्द नगरिएको र २० गतेसम्म आएका फाईलहरुलाई सदस्यता दिने प्रस्ताव अध्यक्ष भण्डारीले गरेपछि विवाद शुरु भएको स्रोतले जानकारी दिएको छ । सोही विषयमा धेरै विवाद उत्पन्न भएपछि बैठक तत्काल बस्नेगरी स्थगित भएको थियो । विवाद सुरु भएकै भोलीपल्ट सहकारी विभागमा उजुरी परेपछि हालसम्म आधिकारीक रुपमा बैठक हुन सकेको छैन ।
तोकिएकै समयमा साधारण सभा हुने सूचना
सहकारी विभागले पौष भित्रै साधारण सभा गरेर सो को जानकारी दिन निर्देशन दिएपछि संघको विवादले अर्को रुप लिएको छ । पौष २५ गते अध्यक्ष विना नै बैठक बसी (बहुमत सञ्चालकहरुको बैठक भनिएको) तोकिएकै समयमा साधारण सभा गर्ने निर्णय गरेको छ ।
संघले आज (पौष २६ गते) एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै तोकिएकै समयमा साधारण सभा हुने जनाएको छ । संघका सचिव माधव प्रसाद तिमल्सिनाको हस्ताक्षरित सूचना जारी गर्दै पौष २८ गतेभित्र प्रतिनिधि पठाउन समेत सदस्यलाई अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
