एक सय ५२ विद्यार्थीलाई पोखरा रोयल सहकारीको न्यानो पोशाक
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा-१०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५२ जना विद्यार्थीहरुलाई न्यानो पोशाक (स्वेटर) वितरण गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बलराम गिरीको अध्यक्षतामा भएको एक कार्यक्रममा सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ, उपाध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिनुभयो ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्थाका कारण जाडो समयमा समेत न्यानो पोशाक खरिद गर्न कठिन भएका विद्यार्थीहरुलाई विद्यालयको माग बमोजिम सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यालय र समुदायमा नियमित रुपमा वित्तीय साक्षरता र प्रविधि साक्षरता सम्वन्धी शिक्षा र रोयल सेभिङ क्लबमार्फत विविध गतिविधि सञ्चालन गर्न सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक बलराम गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


सहकारीले गरेको सहयोग र गतिविधि समुदायको लागि नमुनायोग्य काम भएको उदाहरण दिँदै प्रधानाध्यापक गिरीले सहकारी परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहकारी संग सहकार्य गर्दै काम गर्न विद्यालय परिवार तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। विद्यालयका सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव अधिकारीले गर्नुभएको थियो।
विद्यालयमा विहानी र दिवा कक्षा गरि २ हजार ६०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने ८३ जना शिक्षकहरु कार्यरत रहेको सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
