एकता सहकारीको २३औं साधारण सभा सम्पन्न, वार्षिक कारोबार एक अर्ब १८ करोड
बागलुङ : एकता सहकारी संस्था लिमिटेड बागलुङको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीले एक अर्ब १८ करोडको वार्षिक कारोबार गरेको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
सहकारीले १ करोड १६ लाख ९३ हजार नाफा समेत गर्न सफल भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अन्जु), नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय सञ्चालक चण्डिप्रसाद शर्मा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक गोविन्द राजभण्डारी, एकता सहकारी संस्था लिमिटेडका संरक्षक देवबहादुर श्रेष्ठ, सहकारीका पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थामा एक हजार २२६ जना शेयर सदस्य, ८ करोड ८९ लाख २८ हजार शेयरपूँजी रहेको छ । साधारणसभामा सहकारीमा एक वर्षसम्म उत्कृष्ट कारोवार गर्ने १३ जना शेयर सदस्य र सहकारीमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।
सहकारीले ७० वर्ष उमेर पुगेका ६१ जना जेष्ठ नागरिक शेयर सदस्यलाई १५ सय रुपैयाँ चाडवाड खर्च प्रदान गरेको सहकारीका प्रबन्धक दिपक राजभण्डारीले जानकारी दिनुभयो ।
एकता सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष भुपेन्द्र केसी र सचिव महेशचन्द्र प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार