सहकारी बैंक पत्रकारिता पुरस्कार खिलानाथ दाहाललाई
काठमाडौं : राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार सहकारी अखबारका कार्यकारी सम्पादक खिलानाथ दाहाललाई प्रदान गरिएको छ । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने पत्रकारिता पुरस्कार यस वर्ष दाहाललाई प्रदान गरेको हो । दाहाल नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का निवर्तमान अध्यक्ष समेत हुन् ।
बैंकको १८ औं वार्षिक साधारण सभामा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेबाट उक्त पुरस्कार प्रदान गरिएको हो । दाहाललाई सहकारी क्षेत्रको समाचार संकलन तथा सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास प्रवद्र्धन र सामाजिक रुपान्तरणमा योगदान गरेको भन्दै पुरस्कार प्रदान गरेको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष विभिन्न व्यक्ती तथा संघ/संस्थालाई पुरस्कृत तथा सम्मान गर्ने गरेको छ ।
यसैक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई सहकारी अभियन्ता सम्मान गरेको छ । बैंकका पुर्व लेखा समिति संयोजक कुलचन्द्र अधिकारीलाई पूर्व सञ्चालक सम्मान र डा.रमेश चौलागाई सहकारी बैंक विद्वता सम्मानबाट सम्मान गरेको हो । त्यसैगरी खेमराज पाण्डेय संस्थापक अध्यक्ष सम्मानबाट सम्मानीत भएका छन् ।

त्यस्तै बैंकको लगनखेल शाखा उत्कृष्ट शाखाबाट पुरस्कृत भएको छ भने सूर्यविनायक शाखा प्रमुख दिनेश गेलाले उत्कृष्ट शाखा प्रमुखबाट पुरस्कृत भएका छन् । त्यसैगरी श्रवणकुमार नेवा खड्गी उत्कृष्ट सहायकस्तर कर्मचारी र नीर कुमार क्षेत्री उत्कृष्ट सहयोगी कर्मचारी घोषित भएका छन् । सहकारी बैंकले देशभरका सहकारीहरु मध्ये विभिन्न बिधामा उत्कृष्ट जिल्ला संघ तथा संस्थाहरुलाई पुरस्कार प्रदान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
