सहकारी विभागमा उजुरी परेपछि बहुउद्देश्यीय केन्द्रीय संघको साधारण सभा स्थगित
काठमाडौं : नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नवौं वार्षिक साधारण सभा स्थगित भएको छ । संघले सूचना जारी गर्दै पौष २९ गते बिहीबारको लागि तोकिएको निर्वाचन सहितको साधारण स्थगित गरेको हो ।
पौष १९ गते संघको नवौं वार्षिक साधारण सभाको पूर्व तयारी, संघको सदस्यता प्रदान लगायत १० वटा छलफलका विषयहरु सहित सञ्चालक समितिको बैठक आयोजना गरिएकोमा सदस्यता प्रदान गर्ने विषयमा विवाद उत्पन्न भएकाले तत्काल बैठक बस्नेगरी उक्त बैठक स्थगित गरिएको थियो ।
संघले सूचना जारी गर्दै सदस्यता प्रदान गर्ने विषय लगायत अन्य विषयहरु समावेश गरी संघको साधारण सभालाई प्रभावित पार्ने उद्देश्यले संघका सचिव माधव प्रसाद तिमिल्सिनाको नेतृत्वमा केही सञ्चालकहरुले पौष २० गते सहकारी विभागमा उजुरी दर्ता गराएका कारण साधारण सभा स्थगित गरिएको जनाएको छ । उक्त उजुरीका कारण साधारण सभाको पूर्व तयारी गर्न नसकिएको भन्दै विवादित विषयमा सञ्चालक समितिको बैठक बसी छलफल गरी साधारण सभाको अर्को मिति तोकिने जनाएको छ ।
२०७८ मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले पौष २९ गते निर्वाचन सहितको साधारण सभा गर्ने निर्णय गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
