१८ भदौ २०८३, बिहिबार

मित्र मिलन साकोस, कसेरी सेवा केन्द्रको वार्षिकोत्सवमा आँखा शिविर

२०७८ पुष २४, शनिवार
मित्र मिलन साकोस, कसेरी सेवा केन्द्रको वार्षिकोत्सवमा आँखा शिविर

पोखरा : मित्र मिलन बचत तथा ऋण सहकारी संस्था, सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचारकालागि अस्पताल रिफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शसिकमला लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल पौडेलले गर्नुभएको थियो ।

पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध अवसरमा समाजलाई प्रत्यक्ष लाभावन्वित हुने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अभिलेख

लोकप्रिय