२४ कात्तिक २०८३, मङ्गलबार

बट्टार सहकारीको २६औं साधारण सभा तथा रजत वर्ष सम्पन्न

२०७८ पुष २०, मङ्गलबार
बट्टार सहकारीको २६औं साधारण सभा तथा रजत वर्ष सम्पन्न

नुवाकोट : नुवाकोटको सदरमुकाम एंव ऐतिहासिक बट्टार बजारमा रहेको बट्टार सहकारी संस्थाले आफ्नो २५ औं रजत बर्ष तथा २६ औं साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष ओम प्रकाश श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष ओम प्रकाश श्रेष्ठले आर्थिक बर्ष २०७७/०७८को अन्त्य सम्ममा सहकारीको शेयर पुँजी ५ करोड १३ लाख २५ हजार ४ सय भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारी ब्यवस्थापक हरि प्रसाद जोशीले आ.व. २०७८/०७९को अनुमानित कार्यक्रम बजेट र आ.व. ०७७/७८को लेखा परिक्षण प्रतिबेदन पेश गरेको सो कार्यक्रममा लेखा संयोजक नवराज न्यौपानेले लेखा परिक्षण प्रतिवेदन र ऋण संयोजक मोहन बहादुर अर्यालले ऋण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बिदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा बिशेष अतिथि बिदुर नगरपालिकाका उप प्रमुख गिता दाहाल अर्याल, जिल्ला सहकारी संघ लि. नुवाकोटका अध्यक्ष गोकर्णराज न्यौपाने अतिथिहरु जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नुवाकोटका अध्यक्ष रमेश श्रेष्ठ, नेपाल बंगलादेश बैंक लि.का प्रवन्धक श्रीराम नेपाल, संगम बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय