२४ कात्तिक २०८३, मङ्गलबार

राष्ट्रिय सहकारी बैंकले सातै प्रदेशमा भौतिक रुपमा साधारण सभा गर्दै

२०७८ पुष १५, बिहिबार
राष्ट्रिय सहकारी बैंकले सातै प्रदेशमा भौतिक रुपमा साधारण सभा गर्दै

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सात वटै प्रदेशमा भौतिक रुपमा १८औं साधारण सभा गर्ने भएको छ । साधारण सभामा सदस्य संघखसंस्थाबाट प्राप्त सल्लाहखसुझावलाई समेटेर आगामी पौष ३० गते ईकाइ प्रतिनिधिहरुको सहभागिता सभा समापन गर्ने जनाएको छ ।

बैंकले साधारणसभामो पूर्वसंन्ध्यामा पत्रकार सम्मेलन गरी पौष १६ गते देखि पौष २८ गते सम्म प्रादेशिक सभा गर्ने र ईकाइ प्रतिनिधिहरुको सहभागितामा पौष ३० गते सभा सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभयो ।

पौष १६ गते धनगढी, १८ गते सुर्खेत, २० गते बुटवल, २२ गते पोखरा, २४ गते काठमाण्डौ उपत्यका, २६ गते जनकुर र २८ गते बिराटनगरमा ईकाइगत सभा हुने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । ईकाइगत रुपमा सभा हुने भएकाले संस्थाहरुसँग व्यापक रुपमा छलफल गरी उनीहरुबाट प्राप्त सल्लाहसुझावलाई समेत समेटेर बैंक अगाडि बढ्ने उप्रेतीको भनाई छ ।

प्रदेशगत रुपमा सभा आयोजना गरिएकाले सदस्यहरुको सहभागिता बढाउने, साधारण सभालाई थप पारदर्शी बनाउने र साधारण सभाको प्रभावकारिता बढ्नेमा समेत बैंक विश्वस्त रहेको अध्यक्ष उप्रेतीको भनाई छ ।

बैंकले वार्षिक प्रतिवेदन विद्युतियकपी बैंकको वेबसाइट, आधिकारिक सामाजिक सञ्जालहरुबाट तथा क्यूआर कोड स्क्यान गरी पढ्न सकिने व्यवस्था मिलाएको छ । कोभिड–१९ र त्यसपछि देखा परेको नयाँ भेरिएन्टहरुको सन्त्रास हाल सम्म पनि कायम रहेको यस समयमा सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तहरुलाई कायम राख्नका लागि सदस्यहरुको पूर्ण र सहज सहभागिता सहित पहिलो पटक एकाईहरुमा भौतिक उपस्थितिमा साधारणसभा गर्दा धेरै भन्दा धेरै प्रतिनिधिहरुको उपस्थिति हुने विश्वास बैंकको छ ।

साधारणसभामा २०७८ कार्तिक ९ गते सम्म सदस्यता लिएका १४ हजार १ सय ५२ सदस्य सहकारी संघ/संस्थाहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

बैंकका सञ्चालक केदार मानन्धरले विनियमको व्यवस्था बमोजिम ३ अर्बभन्दा बढि शेयर लिन नपाउने भएको भएकाले साधारण सभामार्फत विनियम संशोधन गरी बैंकको शेयर पुँजी ८ अर्ब पु¥याउने बताउनुभयो ।

बैंकका सञ्चालक रामहरि बजगाईंले सदस्य संस्थाहरुमा तरलता अभाव परे सहयोग गर्न बैंकले २ अर्बको तरलता व्यवस्थापन कोष खडा गरेको जानकारी दिनुभयो । त्यसैगरी बैंकका सञ्चालक सरिता भट्टराईले संस्थाहरुको स्तरोन्नतिका लागि स्तर परीक्षण गरी स्तरीकरण कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । असार मसान्तसम्ममा ७० वटा सहकारीसंग सम्झौता गरी काम अघि बढाएको उहाँले बताउनुभयो ।

बैंकले आ.व. २०७७/०७८ मा शेयर पूँजी २ अर्ब ८७ करोड, ६६ अर्ब ३४ करोड निक्षेप संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६८ करोड कारोबार गर्न सफल भएको छ ।

आ.व. २०७८/०७९ मा शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोबार गर्न लक्ष्य लिएको छ ।

१४ हजार भन्दा बढी सहकारी संघ/संस्थाहरुलाई आबद्ध गराई ६८ वटा शाखा कार्यालयहरु मार्फत बैकिङ्ग सेवा पु¥याउँदै बैंकमा आबद्ध सहकारी संघ/संस्थामार्फत ४० लाख भन्दा बढी जनतालाई प्रत्यक्ष–परोक्ष रुपमा बैंकले सेवा प्रदान गरिरहेको जनाएको छ ।

अभिलेख

लोकप्रिय