८ अर्ब सेयर पुँजी पुर्याउँदै राष्ट्रिय सहकारी बैंक
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सेयर पुँजी ८ अर्ब रुपैयाँ पुर्याईने भएको छ । हालको विनियममा ३ अर्ब रुपैयाँ मात्र कायम रहेको र १८ औं साधारण सभाबाट विनियम संशोधन गरेर ८ अर्ब रुपैयाँ कायम गरिने बैंकले जनाएको छ ।
बैंकको १८ औं एकाई साधारण सभा भोली (पुष १६ गते) सुदुरपश्चित प्रदेशको धनगढीबाट सुरु हुँदैछ । उक्त सभाले सेयर पुँजी वृद्धिको प्रस्ताव समेत पारित गर्नेछ ।
आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्ममा बैंकको सेयर पुँजी २ अर्ब ८७ करोड रहेको छ । बैंकको सेयर पुँजी वृद्धिको माग अत्याधिक रहेको र विनियममा ३ अर्ब रुपैयाँ मात्र कायम रहेको हुँदा बैंकले सेयर पुँजी बढाउन सकेको थिएन । केही समय देखि बैंकको सेयर बन्द छ ।
विनियम संशोधन भएपछि सेयर पुँजी वृद्धि गरिने बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । वाणिज्य बैंक सरह सेयर पुँजी पुर्याएर प्रतिस्पर्धा गर्ने उप्रेतीको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
