भुमेस्थान साना किसानको १९औं साधारण सभा सम्पन्न, मुख्यमन्त्री पाण्डेद्वारा भवन उद्घाटन
धादिङ : थाक्रे गाउँपालिका-२, स्थित भुमेस्थान साना किसान कृषि सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, लेखा समिती संयोजक केदार पौडेलले प्रस्तुत गर्नुभएको लेखा समितीको वार्षिक प्रतिवेदन साधारण सभाबाट पारित भएको छ । यस्तै कार्यक्रममा संस्था प्रवन्धकको तर्फबाट नानु थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच वार्षिक साधारण सभासँगै संस्थाको नवनिर्मित भवनको उद्घाटन पनि गरिएको छ । भवनको उद्घाटन गर्दै बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बाँकी काम सम्पन्न गर्न पनि आफुहरुको तर्फबाट सहयोग रहने बताउनुभएको छ ।
कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, बाग्मती प्रादेशिक कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य लगायत विभिन्न सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
