सेवा विस्तार गर्दै शुक्रपथ बहुउद्देश्यीय सहकारी
काठमाडौं : न्यूरोड, प्युखामा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षता सम्पन्न साधारण सभामा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका कोषाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले काठमाडौं उपत्यका र बाहिर गरी १० स्थानबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको र छिट्टै उपत्यका बाहिर थप २ स्थानमा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाह गर्ने बताउनुभयो । सदस्य केन्द्रित कारोबार गर्दै आएको संस्थाले सदस्यको बचतको सुरक्षा गरी उत्पादनशिल क्षेत्रमा लगानी गरी देशव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी २० करोड ५२ लाख ६३ हजार रुपैयाँ रहेको छ भने विभिन्न कोषमा ३ करोड ७६ लाख १ हजार रुपैयाँ रहेको छ । त्यस्तै १ अर्ब ४१ करोड ८२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५९ करोड २७ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गर्न संस्था सफल भएको छ ।
२२ करोड ५५ लाख रुपैयाँ बाह्य ऋण रहेको संस्थाको कर्जा जोखिम कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाले सञ्चालन मुनाफा ७६ लाख २६ हजार रुपैयाँ गर्न सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार