२४ कात्तिक २०८३, मङ्गलबार

खनियाबास गाउँपालिकाको आयोजनामा सहकारी व्यवस्थापन तालिम

२०७८ पुष ९, शुक्रबार
खनियाबास गाउँपालिकाको आयोजनामा सहकारी व्यवस्थापन तालिम

धादिङ : खनियाबास गाउँपालिकाको आयोजनामा सहकारी व्यवस्थापन तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

खनियाबास-४, दार्खा चौकी टोलमा तीन दिनसम्म (पुष ६, ७ र ८) सञ्चालन भएको तालिम कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ ले गर्नुभएको थियो ।

तालिममा गाउँपालिका भित्र सञ्चालित ७ वटा सहकारी संस्थाका कर्मचारी, सञ्चालक समितिका पदाधिकारीहरु गरी ३७ जनाको सहभागिता रहेको तालिम कार्यक्रमका संगोजक पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको सहजिकरण प्रशिक्षक कृष्णप्रसाद आचार्य र राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।

तालिममा सहकारीको परिभाषा, सिद्धान्त, सञ्चालक समिति र लेखा समितिको काम, कर्तव्य तथा जिम्मेवारी, सदस्य संगको सम्बन्ध, प्रभावकारी बैठक व्यवस्थापन, योजना निर्माण, आन्तरीक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन जस्ता विषयमा सहजिकरण गरिएको तालिम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय