२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको समस्याको निकासका लागि महासंघले नै पहल गर्नुपर्दछः चन्द्र ढकाल

२०७८ पुष ९, शुक्रबार
सहकारीको समस्याको निकासका लागि महासंघले नै पहल गर्नुपर्दछः चन्द्र ढकाल

ललितपुर : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा अहिले देखिएको समस्याको निकासका लागि महासंघले नै पहल गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७औं वार्षिक साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै ढकालले सदस्यको पैसा फिर्ता गर्न सकिएन भने हाम्रो नेतृत्व हामीमै मात्र सीमित हुने भन्दै त्यसका लागि अभियानकर्मी सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

सहकारी अभियान भित्र आफुलाई केन्द्रमा राखेर केही साथीहरु अगाडि बढेकाले त्यसले थप समस्या ल्याउने भन्दै सिंगो अभियानकै हितका लागि सोच्नुपर्ने उहाँको भनाई थियो ।

अभिलेख

लोकप्रिय