२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको पैसा निजी बैंकमा जाँदा तरलता समस्याः केबी उप्रेती

२०७८ पुष ८, बिहिबार
सहकारीको पैसा निजी बैंकमा जाँदा तरलता समस्याः केबी उप्रेती

ललितपुर : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले प्रारम्भिक संस्था, जिल्ला संघ र केन्द्रीय संघहरुले वाणिज्य बैंकहरुमा पैसा राख्दा सहकारी क्षेत्रमा तरलता समस्या भएको बता उनुभएको छ ।

सहकारीको पैसा सहकारी क्षेत्रमा नै भनेपनि पैसा निजी बैंकहरुमा जाँदा अहिलेको अहिलेको अवस्था सिर्जना भएको उप्रेतीले बताउनुभयो ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष उप्रेतीले सहकारीमा ब्याजदर कम भएका कारण सहकारीका सदस्यको पैसा अन्यत्र नजाओस् भनेर सन्दर्भ ब्याजदर परिमार्जनका लागि आफुहरु लागिपरेको समेत बताउनुभयो ।

आगामी पौष १५ गने सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी बैठक बस्ने र अभियानको भावनालाई सम्बोधन हुनेगरी ब्याजदर पुनरावलोकन हुने समेत उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय