२४ कात्तिक २०८३, मङ्गलबार

`सहकारी महासंघकाे काम तालिम बेच्ने मात्रै हाे?´

२०७८ पुष ६, मङ्गलबार
`सहकारी महासंघकाे काम तालिम बेच्ने मात्रै हाे?´

ललितपुर : सहकारी संघ, संस्थालाई परेकाे समस्या समाधानमा राष्ट्रिय सहकारी महासंघले भूमिका निर्वाह गर्न नसकेकाे सहकारीकमर्मीहरूले बताएका छन् । समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने महासंघ तालिम बेच्नमा केन्द्रीत भएकाे सहकारीकर्मीकाे आराेप छ ।

ललितपुरमा आयाेजित तरलता व्यवस्थापनमा अभियानकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले सहकारी परेकाे तरलता समस्या समाधान गर्न महासंघले न्यायाेचित भूमिका नखेलेकाे आराेप लगाउनभयाे ।

अहिलेकाे तरलता समस्यामा सहकारीले झेलिरहेकाे र सहकारी महासंघ भने तालिम बेच्दै बसेकाे उहाँकाे आराेप छ ।

अभिलेख

लोकप्रिय