२४ कात्तिक २०८३, मङ्गलबार

ब्ल्याकमेलिङ गरी एक सहकारीबाट १५ लाख लिएको आरोपमा कार्की पक्राउ

२०७८ मंसिर २८, मङ्गलबार
ब्ल्याकमेलिङ गरी एक सहकारीबाट १५ लाख लिएको आरोपमा कार्की पक्राउ

काठमाडौं : आफूलाई सेलीब्रेटी पत्रकार भन्दै सहकारी संस्थाबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् ।

कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाखसहित महानगरीय प्रहरी प्रभाग जनसेवाले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामो समयदेखि ठूलो रकम माग्दै आएकी खुल्न आएको छ ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।

एन्जिना लामो समयदेखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् ।

कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ ।

अभिलेख

लोकप्रिय