तरलताको अवस्था मजबुत छः राष्ट्रिय सहकारी बैंक
काठमाडौं : तरलता संकटको अवस्थामा समेत राष्ट्रिय सहकारी बैंकले सदस्यहरुलाई सहज रुपमा बचत फिर्ता एवम् कर्जा लगानी गरिरहेको राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै २०७८ मंसिर २५ गतेको वित्तीय विवरण अनुसार बैंकको तरलता अवस्था १७.७३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.१६ प्रतिशत (शेयर पूँजी तथा कोषको रकम बाहेक) कायम रहेको जनाएको छ ।
“नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सिडी रेसियो ९० प्रतिशतसम्म हुनुपर्छ । तर, बैंकमा नियामकीय व्यवस्था भन्दा झन्डै ११ प्रतिशत सहज अवस्थामा छ”, विज्ञप्तिमा भनिएको छ ।
साथै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात (सिएआर) ८ प्रतिशत हुनुपर्नेमा बैंकको पूँजीकोष अनुपात ९.५१ प्रतिशत रहेको जनाएको छ । जसले बैंकको वित्तीय अवस्था मजबूत रहेको देखाउँछ ।
केही मिडियामा प्रकाशित भएको भ्रामक एवम् तथ्यहीन समाचार प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ। बैंकको बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यबाट भएका गतिबिधिहरुप्रति सचेत हुन सम्पूर्ण सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई बैंकले अनुरोध समेत गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
