सुगम साकोस सुनसरीको १२औं साधारण सभा सम्पन्न
सुनसरी : इटहरी ९ सुनसरीमा केन्द्रीय कार्यालय रहेको सुगम बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डिल्लीराम चम्लागाईको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि इटहरी उपमहानगरपालिका कार्यालय सहकारी शाखा प्रमुख श्री रेवती पोखरेल रहनुभएको थियो । त्यस्तै कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. सुनसरीका सल्लाहकार जंग बहादुर खड्का र संघका सञ्चालक सदस्य हिममाया लिम्बु लगायत अतिथिहरुको विशेष उपस्थिती रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष डिल्लीराम चम्लागाईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लागि सञ्चालक समितिले पारित गरेका नीति तथा कार्यक्रम, अनुमानित बजेट तथा कार्ययोजना र लेखा समितिका संयोजक टंक प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्वत रुपले पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल उद्घाटन गर्नु भएको कार्यक्रममा संस्थाको गतिविधि र सूचनाहरु रहने आधिकारीक वेवसाईटको समेत उद्घाटन गरिएको थियो ।
संस्थामा आर्थिक वर्ष २०७७/०७८ मा ७ सय ८० जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ९७ लाख ४१ हजार ७ सय रहेको छ । यस अवधिमा संस्थाले सदस्यबाछ १ करोड ८१ लाख ३८ हजार ५ सय ७७ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ ।
त्यस्तै सदस्यहरुलाई २ करोड ८१ लाख ६८ हजार ६ सय लगानी गरी १५ लाख ९९ हजार ४ सय ७ रुपैयाँ मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार